आइतबार थप ९८० कोरोना भाइरस संक्रमण पुष्टि

आइतबार थप ९८० कोरोना भाइरस संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज २९० महिला र ६९० पुरुष गरी थप ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

विभिन्न ३९ प्रयोगशालामा गरिएको १० हजार ३८२ जनाको परीक्षणमा थप ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

यससँगै संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या २८ हजार ९४१ पुगेको छ । कूल संक्रमितमध्ये ६३ प्रतिशतले कोरोना जितेकाे छन् । पछिल्लो २४ घण्टामा थप १८ सय १४ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

आज थप ९ जनाकाे मृत्यु भएसँगै काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या २८९ पुगेकाे छ ।

प्रकाशित मिति : आइतबार, भाद्र २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij