JanataToday.com

Advertisment

SKIP THIS

गण्डकी प्रदेशका थप ११ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशका थप ११ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा – गण्डकी प्रदेशका थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कास्कीको पोखरा महानगरपालिकाका ९ जना, बागलुङको तमान खोला गाउँपालिकाका(१ का २६ वर्षीय पुरुष र नवलपरासी (सुस्ता पूर्व)को गैँडाकोट नगरपालिकाका–१ का ५४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो। पोखरा र बागलुङका १० जनाको क्षयरोग उपचार केन्द्र पोखरामा र गैँडाकोटका ५४ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा स्वाब परीक्षण गरिएको थियो। पोखरा महानगरपालिका–१३ की ३८ वर्षीय महिला साउदी अरबबाट आएकी हुन्। पोखरा-१७ का र वडा नखुलेका २२ र २४ वर्षका २ जना पुरुष भारतबाट आई क्वारेन्टाइनमा बसेका हुन्। अरु सबै संक्रमित व्यक्तिहरु कन्ट्याक्ट ट्रेसिङ गर्दा पहिचान भएका हुन्। उनीहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। थपिएका समेत गरी गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ७२ पुगेको छ।

।

प्रकाशित मिति : बुधबार, भाद्र २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij