JanataToday.com

Advertisment

SKIP THIS

पोर्चुगलका स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट सय गोलको कीर्तिमान पूरा

पोर्चुगलका स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट सय गोलको कीर्तिमान पूरा

काठमाण्डौ – पोर्चुगलका स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट सय गोलको कीर्तिमान पूरा गरेका छन् ।

नेसन्स लिग अन्तरगत गएराति भएको खेलमा स्विडेनबिरुद्ध दुई गोल गर्दै रोनाल्डोले एक सय गोलको कीर्तिमान पूरा गरेका हुन् । स्विडेनसँगको खेलमा पहिलो हाफमा फ्री किकमार्फत गोल गरेका रोनाल्डोले दोस्रो हाफमा पेनाल्टीमा गोल गरेका थिए । हिजो गोल संख्या एक सय एक पुर्‍याएका रोनाल्डो राष्ट्रिय टिमबाट सय गोल पूरा गर्ने पहिलो युरोपेली फुटबलर बनेका छन् ।

राष्ट्रिय फुटबल टिमबाट इरानका अली डेईले मात्र रोनाल्डो भन्दा बढी एक सय नौ अन्तराष्ट्रिय गोल गरेका छन् । नेसन्स लिगका गएरातिका अन्य खेलमा बेल्जियमले आइसल्याण्डलाई ५–१ ले, फ्रान्सले क्रोयसियालाई ४–२ ले, अजरबैजानले साइप्रसलाई एक शून्यले र मोन्टेनेर्गोले लक्जेम्वर्गलाई एक शून्यले हराएका छन् ।

डेनमार्क र इंग्ल्याण्डले भने गोलरहित बराबरी खेलेका छन् ।

प्रकाशित मिति : बुधबार, भाद्र २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij