कपिलवस्तुमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टी

कपिलवस्तुमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टी

कपिलवस्तु–कपिलवस्तुमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कपिलवस्तुमा एकैदिन ४ पालिकाका ४६ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालका अनुसार आज थपिएका ४६ सहित कपिलवस्तुमा संक्रमितको संख्या १ हजार २ सय २४ पुगेको छ । जिल्लाको वाणगंगा नगरपालिका, कपिलवस्तु नगरपालिका, शुद्धोधन गाउँपालिका र मायादेवी गाउँपालिकाका ४६ जना रहेका छन् । थपिने संक्रमितहरुमा नेपाल प्रहरी, शिक्षक, विद्यार्थी, गृहिणी, सामाजिक कार्यकर्ता, कर्मचारी र वैदेशिक रोजगारीमा गएका रहेका छन् ।

उता कोरोना पोजेटिभ भएर आइसोलेशनमा बसेका व्यक्तिहरुपनि निको भएर घर फर्कनको संख्या बढेको छ । जिल्लाको कुल १ हजार २ सय २४ कोरोना संक्रमित मध्ये १ हजार ६२ जना निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । कुल कपिलवस्तुमो कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

प्रकाशित मिति : बिहिबार, भाद्र २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij