गण्डकीमा थपिए ६५ संक्रमित

गण्डकीमा थपिए ६५ संक्रमित

पोखरा- गण्डकी प्रदेशमा आज बिहान मात्र ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो जानकारीअनुसार संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिचान भएका हुन् । यससँगै गण्डकीमा हालसम्म दुई हजार ९६८ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेशको पछिल्लो अपडेटमा थप २९ जनामा कोरोना पुष्टि भएसँगै एकै दिन ६५ पुगेको हो । तीमध्ये लमजुङको सुन्दरबजार १०, नवलपुरको विनयी त्रिवेणी ६, तनहुँको व्यास एक, म्याग्दे चार, स्याङ्जाको गल्याङ एक तथा गोरखाको गोरखा नगरपालिका तथा भीमसेन गाउँपालिकामा सात गरी २९ जनामा कोरोना पुष्टि भएको हो ।

त्यसैगरी प्रदेशमा ५६१ जना क्वारेन्टिनमा रहेका छन् भने सक्रिय संक्रमित एक हजार १८ छन् । आजसम्म एक हजार ८६१ निको भएर घर फर्किएका छन् । गण्डकीमा हालसम्म २४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

प्रकाशित मिति : आइतबार, भाद्र २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij