आज १ हजार ३९ नयाँ संक्रमित थपिए

आज १ हजार ३९ नयाँ संक्रमित थपिए

नेपालमा कोरोनामुक्त हुनेको संख्या ३८ हजार ६९७पुग्यो

बुटवल- नेपालमा पछिल्लो २४ घण्टायता थप १ हजार ३९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न ३९ प्रयोगशालामा गरिएको ९ हजार १६५ जनाको परीक्षणमा थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

यससँगै संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ । कूल संक्रमितमध्ये ७१.५ प्रतिशतले कोरोना जितेकाे मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जनाएका छन् । आज थप ११ सय ७३ जना कोरोना मुक्त भएका छन् ।

प्रकाशित मिति : आइतबार, भाद्र २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij