काठमाडौं
भोलि असोज १ गतेदेखि देशैभर लामो–छोटो दूरीको यातायात सञ्चालनमा आउने भएको छ ।कोरोना भाइरसको संक्रमणको डरमा ६ महिनादेखि बन्द गरिएको लामो दूरीका यातायातको साधन विहीबार विहानैदेखि सडकमा गुड्ने छन् ।
यसका लागि व्यवसायीहरुले सम्पूर्ण तयाररी गरिएको जनाएका छन् । सवारीमा काम गर्ने जनशक्तिदेखि सबै विषयमा ध्यान पुर्याइएको उनीहरुले जनाएका छन् ।
नेपाल यातायात व्यवसायी महासंघ र तीनवटा मजदुर ट्रेड युनियनले संयुक्त रुपमा बुधबार विज्ञप्ति निकाली लामो, छोटो दूरीका सबै गाडी सञ्चालनमा आउने जनाएका छन् ।
सरकारले तोकेको आवश्यक स्वास्थ्य मापदण्ड अपनाउँदै सवारी सञ्चालन गरिने ती संगठनहरुले जनाएका हुन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर असोज १ गतेबाट लामो दूरीको यातायात पनि सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको थियो ।
आमजनता कोरोनाका कारण आर्थिक रुपमा भारमा परेका बेला सरकारले भने सार्वजनिक यातायातमा थप ५० प्रतिशत भाडा बढाइदिएको छ । जसको मार उपभोक्ताको थाप्लामा पर्ने छ
प्रकाशित मिति : बुधबार, भाद्र ३१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्