नेकपाको सचिवलय बैठक स्थगित

नेकपाको सचिवलय बैठक स्थगित

बुटवल – सत्तारुढ नेकपाको आज (शुक्रबार) बस्ने भनिएको बैठक अचानक स्थगित भएको छ ।

बैठक आगामी आइतबारसम्मका लागि स्थागित गरिएको हो । नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक आज बिहान ११ बजे बस्ने तय भएको थियो । तर बिहानै सचिवालय सदस्यहरुलाई पर धकेलिएको जानकारी दिएर बैठक स्थगित गरिएको छ ।

पेरिसडाँडास्थित कार्यालयको माथिल्लो तलामा भौतिक दूरी कायम गरी बस्ने व्यवस्था मिलाइसकिएको अवस्थामा बैठक अचानक स्थगित गरिएको हो । यसअघि नेकपाका बैठकहरु धुम्बाराहीस्थित केन्द्रीय कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएका थिए ।

पार्टीले बैठक स्थगित गर्नुको कारण खुलाएको छैन । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक स्थगित भएको जानकारी सामाजिक सञ्जालमाफर्त गराए पनि यसको कारण खुलाएका छैनन् ।

प्रकाशित मिति : शुक्रबार, असोज २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij