शैक्षिक क्षेत्र सुधारको माग गर्दै शिक्षामन्त्रीलाई संयुक्त विद्यार्थी संगठनको पत्र

शैक्षिक क्षेत्र सुधारको माग गर्दै शिक्षामन्त्रीलाई संयुक्त विद्यार्थी संगठनको पत्र

काठमाडौ-संगठनहरुले शैक्षिक क्षेत्र सुधारका लागि उठाइएका माग सम्बोधन गर्न अपिल गर्दै शिक्षा मन्त्री गिरिराजमणी पोखरेललाई मागपत्र बुझाएका छन् । विद्यार्थी संगठनहरुले सात दिने अल्टिमेटमसहित माग सम्बोधनका लागि शुक्रबार शिक्षामन्त्री पोखरेललाई मागपत्र बुझाएका हुन् ।

विद्यार्थी संगठनहरुले अघि सारेका मागहरु : माननीय मन्त्रीज्यू शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिहदरबार, काठमाडौ, नेपाल , विषयः मागपत्र – कोभिड– १९ सँगै शिक्षा क्षेत्रमा देखिएका समस्याबारेमा देशमा क्रियाशील विभिन्न विद्यार्थी संगठनले गम्भीर छलफल गरेका छौं । ती समस्या समाधानका लागि सरकार गम्भीर नभएको, सरोकारवाला पक्षसँग छलफल नगरेको र विद्यालय, क्याम्पस र विश्वविद्यालयको शैक्षिक सत्र खेर जाने अवस्था देखिएकाले हामीले उठाएका मागहरुको बारेमा गम्भीरतापूर्वक छलफल गरी निकास निकाल्नका लागि संयुक्त विद्यार्थी आन्दोलनको तर्फबाट यो मागपत्र पेस गरिएको छ ।मागहरु ७ दिनभित्र पूरा गर्न अल्टिमेटम दिने र पूरा नभएमा संघर्षका थप कार्यक्रम सार्वजनिक गर्ने जानकारी गराउन चाहन्छौं ।

१। निजी विद्यालय तथा क्याम्पसहरुले अनलाइन कक्षाको नाममा अनियमित र गैरकानुनी चर्को शुल्क उठाएको पाइएको छ । भौतिक रुपमा कक्षा सञ्चालन नगर्दै शुल्क लिने शिक्षण संस्थालाई कारबाही गर्न, सरकारले भर्ना गर्ने सार्वजनिक गरेको मितिदेखि मात्रै तोकिएको शिक्षण शुल्क लिन पाउने व्यवस्था गर्न माग गर्दछौं । कोभिडको कारण अलपत्र परेका गरिब विद्यार्थीलाई जीविकोपार्जन र कोठाभाडाको सन्दर्भमा तत्काल राहत प्याकेज घोषणा गर्न माग गर्दछौं ।२। पोखरा, नेपाल संस्कृत, कृषि तथा वनलगायत विश्वविद्यालयमा पदाधिकारी खाली हुँदा ती विश्वविद्यालयका नीतिगत तथा दैनिक कामहरु अस्तव्यस्त भएका छन् । ती विश्वविद्यालयहरुमा दलीय भागबण्डा नगरी खुला प्रतिस्पर्धाको आधारमा तत्काल पदाधिकारी नियुक्ति गर्न माग गर्दछौं ।

३। सरकारी छात्रवृत्तिलाई दोब्बर गरी वैज्ञानिक र व्यवहारिक मापदण्ड बनाई पारदर्शी ढंगले कार्यान्वयन गर्न माग गर्दछौ । अन्य विषय उतीर्ण गरेका तर गणितमा डी ग्रेड ल्याएका विद्यार्थीलाई कक्षा ११ मा भर्ना हुने व्यवस्था गर्न, कक्षा ११ को भर्नामा मनपरी शुल्क असुल बन्द गर्न, सीटीइभीटीले प्रवेश परीक्षा नलिई जीपीएका आधारमा भर्ना गर्ने सूचना जारी गरेको र त्यसरी विद्यार्थी भर्ना गर्दा सरकारी विद्यालयका विद्यार्थी भर्नाबाट वञ्चित हुने देखिएकोले उक्त सूचना तत्काल खारेज गरी सरकारी विद्यालयका ८० प्रतिशत र निजी विद्यालयका २० प्रतिशत विद्यार्थी भर्ना गर्न माग गर्दछौं । ४। शिक्षण संस्थामा बनाइएका सम्पूर्ण क्वारेन्टाइन हटाउन, शैक्षिक सत्र खेर नजाने गरी पठनपाठनको योजना बनाइ कक्षा सञ्चालनको वातावरण बनाउन, कक्षा १२, क्याम्पस र विश्वविद्यालय तहका रोकिएका, नियमित तथा आंशिक परीक्षा सञ्चालनको ठोस मापदण्ड बनाइ क्रमशः तथा अन्तिम सेमेस्टरको परीक्षा यथाशीघ्र सञ्चालन गर्न माग गर्दछौं ।

ऐन महर, अध्यक्ष– अनेरास्ववियू ,राजिव ढुंगाना, अध्यक्ष– नेविसंघ ,रुपनारायण श्रेष्ठ अध्यक्ष– समाजवादी विद्यार्थी युनियन,चिरञ्जीवी ढकाल अखिल ९क्रान्तिकारी,विमेल पोखरेल, अध्यक्ष– अखिल छैठौं,हरिकृष्ण गजुरेल, अध्यक्ष– अखिल क्रान्तिकारी,आलोक रायमाझी, अध्यक्ष– अखिल क्रान्तिकारी,घनश्याम मिश्र, अध्यक्ष– अखिल पाँचौं,हिमाल थापा, उपाध्यक्ष– राष्ट्रवादी विद्यार्थी संघ,अजित निष्पक्ष, महासचिव– राष्ट्रिय विद्यार्थी संघ,मनिष भट्टराई, सचिवालय सदस्य– अनेवियु,धनसुर शाही, अध्यक्ष– राप्रविसंघ संयुक्त,महेशबहादर सिंह, अध्यक्ष– राप्रविसंघ संयुक्त,महेशबहादुर सिंह, अध्यक्ष– राप्रविसंघ

प्रकाशित मिति : शुक्रबार, असोज २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij