काठमाण्डाै – भदौ महिनामा नेपालमा खाद्य सामग्रीको आयात तीन गुणा बढेको छ ।
गएको चैत महिनामा ४६ हजार ८ सय ३१ मेट्रिक टन खाद्य सामग्री आयात भएकोमा भदौमा २ लाख १८ हजार ३ सय ७८ मेट्रिक टन आयात भएको सरकारी तथ्याङ्क छ ।
यस्तै, चैत महिनामा दैनिक औसत २ हजार ३ सय ४२ मेट्रिक टन आयात भएकोमा भदौ महिनामा बढेर ७ हजार ४४ मेट्रिक टन पुगेको उद्योग वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालयले जनाएको छ । तर दलहनको आयात भने घटेको मन्त्रालयको तथ्याङ्क छ । चैतदेखि असार महिनासम्म बढ्दो क्रममा रहेको दलहनको आयात साउन महिना लागेपछि भने घटेको छ ।
सरकारी तथ्याङ्क अनुसार चैतमा १६ हजार १ सय ९२ मेट्रिक टन दलहन आयात भएकोमा असारमा बढेर ३९ हजार ७ सय २६ मेट्रिक टन पुगेको थियो । तर यसपछिका दुई महिनामा भने दलहनको आयात घटेको छ । साउन महिनामा २० हजार मेट्रिक टन आयात भएकोमा भने भदौमा १५ हजार ५ सय ८० मेट्रिक टन मात्रै आयत भएको छ ।
प्रकाशित मिति : शनिबार, असोज ३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्