हजारौं तिरेर खरिद गरेको
सुन जति नै मुल्यावान भएपनि
त्यसले नुनको स्वादलाइ
कहिल्यै भेट्न सक्दैन
नुनको स्वादलाइ
कहिल्यै मेट्न सक्दैन
सुनको समय आएपनि
नुनको जमाना पक्कै गएको छैन
छिछि र दुरदुर भएको छैन
हेक्का रहोस
नुनको अभाव कहिल्यै
कदापि मेटिने छैन
बरु सुन नभए नि
त्यो कान बुचै भए नि
चल्न सक्छ सारा दुनियाँ
नुन भएन भने
जिब्रो चलाउन गार्हो होला
जिब्रो चलेन भने
जीवन पनि चल्ने छैन
सुनको फुर्ती लाएर
गुन बिर्सनेहरु
तरकारीमा नुन हाल्छौ कि हाल्दैनौ
कि सुन खारेरै झ्वाइय पार्छौ
वा
भर्म छरेर
पित्तलमा सुन घसेर
नक्कली सुनको जिन्दगी बनाएका छौ
कहिलेकाही सन्देह पनि लाग्छ
तर
तिम्रो सानमान फुर्तिफार्ती देख्दा
तिमि सुन नै हौ
पित्तलै भए नि
बहुमुल्य सुन नै माने मैले
मलाइ सुनको स्वाद थाहा छैन
सायद तिमि जस्तै हुन्छ होला
जे होस
तिम्रो सुनजस्तो सानले
ठुलाठुला मान्छेहरु सबै तिम्रै हुन रे
सायद ठालुहरुलाइ पनि
सुन नै मन पर्छ होला
तिमि अति प्यारा छौ रे
भित्र भित्र तिम्रै चल्छ रे
लाभैलाभ फल्छ रे
तर
फेरी पनि
सत्य के हो भने
कसैलाइ नजरअन्दाज नगर
हेय र अपमान गर्दै नगर
सबैको आफ्नो आफ्नो महत्त्व हुन्छ
सबैले कहि न कहि महत्त्व पाउछ
नुनले पनि एकदिन
पक्कै ठाउँ पाउछ !!
प्रकाशित मिति : शनिबार, असोज ३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्