शनिबार थप १२ सय चार जना संक्रमित

शनिबार थप १२ सय चार जना संक्रमित

थप ११ संक्रमितको मृत्यु, कुल मृतक संख्या ४०१ पुग्‍यो

काठमाडौं – बितेको  २४ घण्टामा देशभर थप १२ सय चार जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्।  उनका अनुसार आज देशभरबाट १४ सय ४७ संक्रमित डिस्चार्ज भएका छन्।  आज देशभर सक्रिय संक्रमित १७ हजार १ सय २९ जना छन्। त्यस्तै आजको पिसिआर १० हजार ३ सय ३३ रहेको गौतमले जनाए।   यस्तै, पछिल्लो २४ घण्टामा थप ११ जना संक्रमितको कोरोनाकै कारण मृत्यु पुष्टि भएको छ। यससँगै हालसम्म नेपालमा कोरोनाकै कारण मृत्यु हुनेको कुल  संख्या ४०१ पुगेको छ।

प्रकाशित मिति : शनिबार, असोज ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij