संविधान दिवसमा कपिलवस्तु कारागारबाट चार कैदी रिहा

संविधान दिवसमा कपिलवस्तु कारागारबाट चार कैदी रिहा

कपिलवस्तु ।

संविधान दिवसका अवसरमा कपिलवस्तु कारागारबाट एक भारतीयसहित चार जना कैदीबन्दीलाई रिहा गरिएको छ । असल चालचलन र ५० प्रतिशत कैद सजाय भुक्तान गरेका उनीहरुलाई शनिबार रिहा गरिएको हो ।

कारागार कार्यालयले कारागार ब्यवस्थापन बिभागमा पठाएको सिफारिश रहेको थियो । त्यसै आधारमा राष्ट्रपतिको आदेशानुसार संविधान दिवसमा जिल्लाका चार कैदीलाई रिहा गरिएको कारागारका जेलर राकेश पाण्डेले बताए । खरखजाना मुद्दाका भारतीय नागरिक एक जना, कर्तब्य ज्यान र कुटपिट मुद्दाका कपिलवस्तुका २ जना र सरकारी कागज किर्ते मुद्दाका बाराका एक जना कैदी रिहा भएका हुन् ।

संविधान दिवसमा नेपालमा २ सय ८९ जना कैदी रिहा भएका छन् । कपिलवस्तु कारागारमा दुई ब्लकमा अहिले ४ सय १५ जना कैदीबन्दी छन् ।

कोरोन संक्रमण रोक्न कारागारमा बिशेष सजगता
नेपालका बिभिन्न जिल्लाका कारागारमा कोरोना संक्रमण फैलिएपछि कपिलवस्तु कारागारमा बिशेष सजगता अपनाईएको छ। कपिलवस्तुमा कोरोना संक्रमण समुदायस्तरमा फैलिएको र देशका बिभिन्न स्थानका कारागारमा कोरोना संक्रमण फैलिएपछि त्यसको रोकथामका लागि कारागार प्रशासनले बिशेष कदम चालेको हो ।

कैदीबन्दीका आफन्तलाई अहिले भेटघाटमा प्रतिबन्ध लगाइएको जेलर राकेश पाण्डेले बताए। नयाँ आउने कैदीबन्दीलाई पिसिआर रिपोर्ट अनिवार्य गरिएको उनले बताए। ‘उच्च जोखिममा रहेका कारागारमा कोरोना फैलिन नदिन हामीले बिशेष ध्यान दिएका छौ’ उनले भने। जिल्लाका स्रक्षाकर्मी समेत संक्रमित भएको अवस्थामा आफूहरुले सुरक्षाकर्मी र कैदीबन्दी बीच पनि सामाजिक दूरी कायम गरिएको बताए ।

कारागारमा आउने र जाने मान्छेलाई निगरानीमा राखिएकोले अहिले सम्म कारागारमा कोरोना छिर्न नसकेको जेलर पाण्डेले बताए। कैदीबन्दीलाई नियमितरुपमा साबुनपानीले हात धुन र सरसफाईमा बिशेष ध्यान दिन समेत आग्रह गरिएको उनले बताए। कारागारको दुई ब्लकमा ४ सय १५ जना कैदीबन्दी छन् ।

प्रकाशित मिति : शनिबार, असोज ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij