अबुधाबी-इन्डियन प्रिमियर लिग (आईपीएल)मा साविक विजेता मुम्बई इन्डियन्स पराजित भएको छ ।
शनिबार भएको १३औं संस्करणको आईपीएलमा मुम्बई साविकको उपविजेता चेन्नई सुपर किङ्ससँग ५ विकेटले पराजित भएको छ ।
यूएईको अबुधाबीमा शनिबार भएको उद्घाटन खेलमा मुम्बईले दिएको १६३ रनको लक्ष्य चेन्नईले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
चेन्नईको जितमा अम्बाती रायाडुले ७१ रन बनाउँदा फाप डु प्लेसिसले ५५ रन जोडे ।
बलिङतर्फ मुम्बईका ट्रेन्ड बोल्ट, जेम्स प्याटीनसन, जस्प्रित बुम्राह, हार्दिक पाण्डय र राहुल चाहरले समान १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन बनाएको थियो ।
मुम्बईका लागि सौरभ तिवारीले ४२ रन बनाउँदा क्विनटन डी ककले ३३ रन बनाए ।
चेन्नईका लुंगी एनजिडीले ३ विकेट लिँदा रवीन्द्र जडेजा र दीपक चाहरले २–२ विकेट लिए ।
जितसँगै चेन्नईले सुखद सुरुवात गरेकाे छ । यस्तै मुम्बईसँग हारकाे बदला पनि लिएकाे छ ।
अघिल्लाे संस्करणकाे आईपीएलमा चेन्नईलाई हराउँदै मुम्बईले उपाधि जितेकाे थियो ।
प्रकाशित मिति : आइतबार, असोज ४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्