रुपन्देही क्षेत्र न ५ मा सत्तारुढ दल नेकपा लगायतका बिभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरे

रुपन्देही क्षेत्र न ५ मा सत्तारुढ दल नेकपा लगायतका बिभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरे

बुटवल ।
रुपन्देही क्षेत्र न ५ मा सत्तारुढ दल नेकपा लगायतका बिभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

पुर्व नेकपा एमाले गजेडी गाउ कमिटिका सचिब यम बहादुर कार्की, गिरि बहादुर पुन सहित नेकपाका २६ जना अगुवा कार्यकर्ता आज नेपाली कांग्रेसमा प्रवेश गरेको सो पार्टीले जनाएको छ ।

रुपन्देहीकै साविक गजेडीका माओबादी जन सरकार प्रमुख कमल पौडेल,पुर्व समाजबादी फोरमका स्थानीय नेताहरु समेत कांग्रेसमा प्रवेश गरेका छन ।

Image may contain: 4 people, people standing and outdoor

कार्यक्रममा प्रदेश सभा सदस्य फकरुद्धिन खाँ ले जनताले कम्युनिष्टहरुले फैलाएको भम्र राम्रोसंग बुझेकोले पुरानो पार्टी कांग्रेसमा आउनेक्रम वढेको बताए ।

सो क्षेत्रको प्रदेश सभा सदस्यका उम्मेद्वार युवा नेता विष्णु पोखरेलले जनतालाई विपदमा पनि नहेर्ने भ्रष्ट सरकारका विरुद्ध अभियान चलाउन सबै जना कांग्रेसमा गोलवद्ध हुनुपर्नेमा जोड दिए ।

Image may contain: 3 people, including Sunil Marasini, people sitting

तिर्थ कुमारी थारुको सभापतित्वमा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका उपसभापति फडिन्द्र प्रसाद शर्मा,नेपाली कांग्रेस क्षेत्रीय सभापति वसी उल्लाह मुसलमान, प्रदेश क्षेत्रीय सभापति राम बहादुर थापा, जेष्ठ राजनीतिक सदस्य बासुदेव पौडेल लगायतले बोलेका थिए ।

कांग्रेसमा नव प्रवेशी पुन र कार्कीले नेकपा विरुद्ध जनतामा भित्रभित्रै निकै ठुलो विद्रोहको मानसीकताको विकास भएको बताए ।

Image may contain: 7 people, people standing

यस अघि रुपन्देहीको सैनामैना नगरपालिका, कञ्चन र गैडहवा गाउँपालिकाबाट नेकपाका थुप्रै स्थानीय नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, असोज ४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij