चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा कात्तिक १ गते गर्ने

चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा कात्तिक १ गते गर्ने

काठमाडौ।
नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा कात्तिक १ गते गर्ने भएको छ ।

लाइसेन्स परीक्षामाा सहभागी हुन इच्छुक परिक्षार्थीलाई असोज ६ गतेदेखि असोज २० गतेसम्म अनलाइन फारम खुल्ला गरिएको काउन्सिलद्धारा जारी सूचनामा जनाइएको छ ।

अनलाइन आवेदन २४ सै घण्टा खुला हुने र असोज २० गतेसम्म फारम भर्न छुटेका परिक्षार्थीले विलम्ब शुल्क सहित असोज २१ गते फारम भर्न सक्ने काउन्लिलले जनाएको छ ।

भदौ २० गतेको परीक्षामा सहभागी भई अनुत्तीर्ण परिक्षार्थीले समेत यो परीक्षामा सहभागि हुन सक्नेछन् ।

धरान, विरगञ्ज, चितवन, नेपालगञ्ज र काठमाडौं परीक्षा केन्द्र तोकिएको जनाउँदै काउन्सिलले परिक्षार्थीलाई आफूले इच्छाएको परीक्षा केन्द्र प्राथमकिताका आधारमा तोक्नुपर्ने जनाएको छ ।

काउन्सिलको यो ५८औँं संस्करणको परिक्षा हो ।

प्रकाशित मिति : सोमबार, असोज ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij