पाल्पा।
पाल्पाको रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान गएको पहिरोमा पुरिएर बेपत्ता भएका पाँचै जनाको शव फेला परेको छ ।
बेपत्ता तीन बालबालिकाको दिउँसो र दुई जनाको भने शुक्रबार बेलुका शव फेला परेको प्रहरीले जनाएको छ ।
घरधनी ६० वर्षीय हुमबहादुर गाहा र उनकी श्रीमती ५० वर्षीया हुमीसरा गाहाको शव शुक्रबार बेलुका र कृष्णमाया गाहा, लक्ष्मी गाहा, र खुसीसारा आलेको शव शुक्रबार दिउसो फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी मदन गिरीले जानकारी दिए ।
बिहीबार बिहानैदेखि उनिहरु पहिरोमा पुरिए पनि लगातारको वर्षाका कारण खोजीकार्य हुन सकेको थिएन । शुक्रबार बिहानदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासी खोजी कार्यमा खटिएका थिए ।
प्रकाशित मिति : शनिबार, असोज १० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्