JanataToday.com

Advertisment

SKIP THIS

पहिरोबाट विस्थापित ३ परिवारलाई गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको सहयोग

पहिरोबाट विस्थापित ३ परिवारलाई गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको सहयोग

रुपन्देही -गुल्मी दरबार गाउंपालीका वडा न ७, स्यालपानीमा ५ दिनदेखि लगातार आएको पानीले झरेको पहिरोबाट विस्थापित भएका ३ घर परिवारलाई गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले सहयोग गरेको छ । समाजका उपाध्यक्ष उषा खत्रीले सहयोग रकम रु १५ हजार पिडित परिवारलाई हस्तानतरण गरेकी हुन् । रकम ग्रहण गर्दै पिडित परिवारले समाजलाई धन्यवाद ज्ञापन गरेका थिए । समाजका वरिष्ठ सल्लाहकार एवम् बुटवल पब्लिक स्कुलका अध्यक्ष हेमलाल शर्माबाट ५ हजार, कार्यसमिती सदस्य ढबल बहादुर कार्कीबाट ५ हजार, गुल्मी दरबार गाउंपालीका वडा न ६ का समाजसेवी वीरबहादुर खत्रीबाट ५ हजार, गरी १५ हजार नगद रकम सहयोग गरिएको समाजका अध्यक्ष हुमनाथ ज्ञवालीले बताए । हस्तानतरण कार्यक्रममा गुल्मी दरबार गाउंपालिका वडा नम्बर ६ का वडा अध्यक्ष हीरा बहादुर खत्री , वडा नम्बर ७ का वडा अध्यक्ष टोप बहादुर बस्नेत ,वडा नम्बर ७ का वडा सदस्य सालीकराम टण्डन , गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजका सल्लाहकार धर्म बीर खत्री, आजिबन सदस्य रमेश कार्की, सदस्य बिष्णु टण्डन लगायतको उपस्थिती रहेको थियो । सहयोगका लागि समाजका अध्यक्ष हुमनाथ ज्ञवाली र सचिव विकास टण्डनले सहजीकरण गरेका थिए ।

 

 

प्रकाशित मिति : शनिबार, असोज १० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij