पूर्वमन्त्री सवार गाडीले जेब्रा क्रसमै महिलालाई किच्यो, घटना लुकाउँदै प्रहरी

पूर्वमन्त्री सवार गाडीले जेब्रा क्रसमै महिलालाई किच्यो, घटना लुकाउँदै प्रहरी

काठमाडौं, शिक्षण अस्पताल अगाडिको जेब्रा क्रसिङमै नेपाली कांग्रेसका नेता एवम् पूर्व राज्यमन्त्री दीपक खड्काको गाडीले ठक्कर दिँदा एकजना महिलाको मृत्यु भएको छ। घटना असोज ७ गतेको हो। महानगरीय ट्राफिक महाशाखा अनुसार खड्का सवार गाडीले किच्दा ती महिलाले ज्यान गुमाएकी हुन्। प्रहरीले उक्त घटना दुई दिनसम्म गुपचुप राखेपछि पीडित पक्षले महानगरीय प्रहरी वृत्त महाराजगञ्‍जमा निवेदन दिएका थिए। गाडीको ठक्करले ज्यान गुमाएकी महिलाका श्रीमान् घाइते भएका थिए। बा ११ च ४१४१ नम्बरको प्राडो गाडीले बूढानीलकण्ठ(६ का विक्रम कार्की र अनुपा पाण्डे कार्कीलाई ठक्कर दिँदै कुल्चिएको थियो। बूढानीलकण्ठ नगरपालिका वडा(६ वडाध्यक्ष नवीन केसीले प्रहरीले घटना लुकाउन खोजेपछि पीडितहरूको तर्फबाट जाहेरी दिएको बताएका छन्। ुजेब्रा क्रसबाट हिँड्दै गर्दा मोटरसाइकलले ठक्कर दिएर भाग्यो। त्यसपछि पछाडिबाट आएको अर्को गाडीले दम्पतीलाई किचेको थियोु, उनले घटनाबारे बताउँदै भने, ुमहाराजगञ्‍ज वृत्तले घटनामा संलग्‍न चालकलाई नियन्त्रणमा लिएको छ। तर दुर्घटना गराउने चालक तिनै थिए या अरु हुन् भन्‍ने विवरण बाहिर ल्याउन जरुरी छ।ु कार्कीले दिएको जाहेरीमा चक्कामुनि परेर घाइते भएका हामी दुवैलाई सडकमा नै छोडेर गाडी भागेको थियो। त्यसपछि रगतम्य अवस्थामा दुवैलाई स्थानीयले त्रिवि अस्पताल पुर्‍याएका थिए। घटना भएको ४ दिन भइसक्दा पनि प्रहरी मौन रहेको भन्दै वडाअध्यक्ष केसीले आक्रोश पोखेका छन्। उनले प्रहरी मौन बसेकाले थप कानुनी उपचारको लागि घाइते अवस्थामा रहेका पतिले महानगरीय प्रहरी वृत महाराजगन्जमा किटानी जाहेरी दिएको बताएका छन्। महाराज वृत्तका डिएसपी रोशन खड्काले उक्त दुर्घटनामा संलग्‍न भनिएका चालक जयराज जोशी र गाडीलाई नियन्त्रणमा लिएको जानकारी दिए। ुठक्कर दिएर भाग्ने मोटरसाइकलको खोजी जारी छ। हामी अनुसन्धानको प्रक्रियामा छौुं, उनले भने।

प्रकाशित मिति : आइतबार, असोज ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij