भैरहवा– सोमबार साँझ साढे ४ बजेसम्म सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा ६ महिला र १७ पुरुष गरी २३ जना गरी रुपन्देहीमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ विभिन्न पालिकाका संक्रमित थपिएसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ६३४ पुगेको हो ।
रुपन्देहीमा थप १० महिला र ३२ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक तथा कोभिड फोकल पर्सन केदारनाथ शाहले जानकारी दिनुभयो।
शाहका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा ६ महिला र १७ पुरुष गरी २३ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै सिद्धार्थनगरमा १२ जना, तिलोत्तमा नगरपालिकामा ३ जना, सियारीमा २ जना सैनौमना र देवदहमा १र१ जना पुरुषमा थप संक्रमण पुष्टि भएको छ।
आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या २ हजार ४ सय ९६ पुगेको शाहले जानकारी दिनुभयो।
कार्यालयका अनुसार हालसम्म २२ जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न क्षेत्रबाट १८४१ जना निको भएर फर्किसकेका छन् भने ६३४ जना सक्रिय संक्रमित विभिन्न अस्पताल र होम आइशोलेशनमा उपचाररत छन्।७८ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्।
प्रकाशित मिति : सोमबार, असोज १२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्