बुटवल।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले संघीय संसदले आवस्यक कानून निर्माण नगरिदिदा प्रदेश सरकारले सोचे जति काम गर्न नसकेको बताएका छन् ।
यद्यपी छोटो समयमा जे जति काम भएका छन् ती उपलब्धीमूलक भएको मुख्यमन्त्री पोखरेलको बिष्लेषण छ ।
बिहीबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा संसदीय मामिला पत्रकार समाजको टोलीसँगको अन्तरक्रियात्मक भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले सोचे जति काम गर्न नसकिए पनि जे जति काम भएका छन् ती उपलब्धीमूलक भएको बताएका हुन् ।
स्थापनाकालदेखिको केही समय सिक्दै र अनुभव संगाल्दै अगाडी बढेको स्मरण गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार अहिले सिक्ने ठाउँबाट केही माथी उठेको उल्लेख गरे ।
जिम्मेवारी र परिपक्वताको हिसाबले प्रदेश ५ अग्रणी स्थानमा रहेको बताउदै उनले आगामी दिनमा अझै परिस्कृत र थप जिम्मेवारीबोधका साथ अगाडी बढ्ने बताए ।
सुशासन कायम गर्ने कार्यमा प्रदेश सरकार पत्रकारहरुसँग हातेमालो गरेर अगाडी बढ्न तयार रहेको बताउदै मुख्यमन्त्री पोखरेलले सुशासनका सवालमा प्रदेशसभा र मिडियामा आएका बिषयलाई नोटिसमा लिएर कमि कमजोरीहरु भएको भए सच्याउन प्रयास गर्दै आएको जानकारी गराए ।
संघीयता कार्यान्वयनसँगै जनताका अपेक्षा ह्वात्तै बढेको भन्दै उनले जनताका असिमित अपेक्षा र साधनस्रोतको सिमितताका कारण जनतामा असन्तुष्टि बढेको बिष्लेषण गरे ।
मुख्यमन्त्री पोखरेलले क्षमता अभिबृद्धि लगायत पत्रकार र स्थानीय मिडियाको सवलीकरणका लागि प्रदेश सरकारले संस्थागत रुपमा सहयोग गर्न तयार रहेको बताए ।
कार्यक्रममा संसदीय मामिला पत्रकार समाज प्रदेश ५ का अध्यक्ष बिष्णु घिमिरे,नेपाल पत्रकार महासंघ प्रदेश ५ का उपाध्यक्ष भरत केसी,मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका प्रेस सल्लाहकार सेर बहादुर केसी,संसदीय मामिला पत्रकार समाज प्रदेश ५ उपाध्यक्ष अमृता अनमोल,महासचिब सीपी खनाल,कोषाध्यक्ष लक्ष्मण पोखरेल,सदस्य प्रकाश खनाल,घनश्याम गौतम लगायतले पत्रकारहरुको क्षमता विकास लगायतका क्षेत्रमा प्रदेश सरकारले सहयोग गर्नुपर्ने र त्यसका लागि समन्वय र सहकार्य जरुरी रहेकोमा जोड दिएका थिए ।
प्रकाशित मिति : बिहिबार, असोज १५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्