नेकपाको सचिवालय बैठक स्थगित

नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौं ।
हालै सरकारले गरेका केही महत्वपूर्ण राजनीतिक नियुक्ति र पार्टीका अन्य विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले आज बोलाएको सचिवालय बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सल्लाहमा बैठक स्थगित गरिएको हो । दाहालका प्रेस संयोजक विष्णु सापकोटा ९जुगल०ले बैठक आइतबार बस्ने तर समय भने निर्धारण भइनसकेको जानकारी दिए ।
सचिवालय बैठकका एजेण्डाको विषयमा थप गृहकार्य गर्नुपर्ने भएकाले पनि बैठक स्थगित गरिएको बताइएको छ । सरकारले गरेको राजनीतिक नियुक्तका विषयमा पार्टीमा केही असन्तुष्टि देखा परेपछि सचिवालय वैठक बोलाइएको थियो ।

त्यसैगरी मन्त्रिपरिषद विस्तारको सम्वन्धमा पनि दुई अध्यक्षबीच कुरा मिल्न सकेको छैन । केही दिनयता दुई अध्यक्षबीच निरन्तर छलफल भईरहेपनि सहमति भने जुट्न सकेको छ्रैन ।

यस अगाडि असोज ४ गते बसेको सचिवालयको बैठकमा मन्त्रिपरिषद पुनर्गठनको सैद्धान्तिक विषयमा सहमति भएको थियो । त्यसैगरी नेकपामा सांगठनिक एकताको विषयमा पनि छलफल भइरहेको छ ।

 

प्रकाशित मिति : शनिबार, असोज १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij