JanataToday.com

Advertisment

SKIP THIS

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ कपिलवस्तु कृष्णनगरद्वारा प्रहरी निरीक्षक पौडेल लाई स्वागत

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ कपिलवस्तु कृष्णनगरद्वारा प्रहरी निरीक्षक पौडेल लाई स्वागत

 कृष्णनगर -कपिलवस्तु जिल्लामा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरमा नयां आएका प्रहरी निरीक्षक सुखदेव पौडेल लाई एक कार्यक्रमका बिच होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ कपिलवस्तु कृष्णनगरले सम्मान सहित स्वागत गरेको छ l प्रहरी निरिक्षक पौडेल लाई कृष्णनगरमा हार्दिक स्वागत गर्दै इलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रमुखको पदमा कार्यरत रही क्षेत्रमा शान्ति सुरक्षासंगै हरेक क्षेत्रमा योगदान प्रशंसनीय रहोस् भन्ने स्वागत मन्तव्य होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ कपिलवस्तु कृष्णनगरका सल्लाहकार लक्षमण भुषालले आफ्नो कुरा राख्नु भयो l कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक पौडेलले आफू यस कृष्णनगर मताहतक्षेत्रमा आफूले नियम कानुनको परिधिमा रहि काम गर्ने र आफ्नो मताहत क्षेत्रका समाजसेवी, संघ संस्था, स्थानीय व्यक्ति, जन प्रतिनिधि, पत्रकार, व्यवसायी लगायत अन्यसंग सहकार्य गरि समाजमा शान्ति, सुरक्षा प्रदान गरि आफ्नो संगठनले दिएको जिम्मेवारी पूर्ण रूपमा निर्वाह गर्दै होटल व्यवसायीको शान्ति सुरक्षामा कमि नहुने बताउनुभयो l कार्यक्रममा लिंक गेट का प्रहरी नायब निरिक्षक रेशम बहादुर जि. सी. सशस्त्र प्रहरी बल कृष्णनगर कपिलवस्तु वि.ओ. पी. का प्रतिनिधि सशस्त्र प्रहरी नायब निरिक्षक ठाकुर बहादुर केसी लाई समेत उक्त कार्यक्रममा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ कपिलवस्तु कृष्णनगरले सम्मान गरेको थियो l होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ कपिलवस्तु कृष्णनगर अध्यक्ष शिव घिमिरे ले प्रहरी निरिक्षक पौडेलको स्वागत गर्दै होटल तथा रेष्टुरेण्ट व्यवसायी लकडाउनले गर्दा समस्यामा परेका र दशै तिहारमा चोरीको घटना भई रहने हुदाँ प्रहरी निरिक्षक पौडेलको ध्यानाकर्षण गराउदै सफल कार्यकाल को शुभकामना दिनुभयोl उक्त स्वागत कार्यक्रममा कमल जि. सी., गोविन्द जयसवाल, हिरामणी घिमिरे, देवी प्रसाद पन्थ, तिलक गिरी, अन्नतराम घिमिरे, रविन्द्र गुप्ता लगायत होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ कपिलवस्तु कृष्णनगरका सदस्य हरूको उपस्थित रह्योl कार्यक्रममा अन्नत राम घिमिरेले उद्घोषकको भुमिका निर्वाह गर्नु भयोl कार्यक्रम भने पुरूषोत्तम घिमिरेको बुद्ध होटल एण्ड रेष्टुरेन्टको हालमा सम्पन्न भयो l

प्रकाशित मिति : आइतबार, असोज १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij