बीपीमा उपचाररत दुई संक्रमितको मृत्यु

बीपीमा उपचाररत दुई संक्रमितको मृत्यु

 इटहरी -बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना भाइरस संक्रमित दुई पुरुषको शुक्रबार बिहान मृत्यु भएको छ ।

मृतक दुवै सुनसरीका हुन् । इटहरी उपमहानगरपालिका–६ का ६८ वर्षीय वृद्ध पुरुषको शुक्रबार बिहान १२ः३० बजेतिर मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । वृद्धलाई असोज २० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना देखिए पनि बिहीबार मात्रै कोभिड अस्पतालमा भर्ना गरेर उपचार थालिएका वृद्धलाई बचाउन नसकिएको डा. श्रेष्ठको भनाइ छ । मृतकमा दीर्घ रोग भएनभएको प्रतिष्ठानले खुलाएको छैन ।

त्यस्तै प्रतिष्ठानमा उपचाररत दुहवीका ५२ वर्षीय संक्रमित पुरुषको पनि उपचारका क्रममा बिहान २ बजेतिर मृत्यु भएको छ । डा. श्रेष्ठका अनुसार मृतकमा मृगौला सम्बन्धी पुरानै समस्या थियो ।

असोज १२ गते प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका पुरुषको पीसीआर परीक्षण रिपोर्ट त्यही दिन पोजेटिभ आएको थियो । कोराना पुष्टि भएपछि कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार थालिएका पुरुषको मृत्यु भएको हो ।

प्रकाशित मिति : शुक्रबार, असोज २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij