काठमाडौं -नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या एक लाख नाघेको छ ।
शुक्रबार थप २ हजार ५९ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या एक लाख ६७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार विभिन्न प्रयोगशालामा गरिएको १३ हजार २७९ जनाको परीक्षणमा थप २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कुल संक्रमितध्ये सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ ।
शुक्रबार थप १६ सय ८० जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् । यससँगै कोरोना जित्नेको संख्या ७३ हजार २३ पुगेको छ ।
संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ । शुक्रबार थप १० जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६०० पुगेको मन्त्रालयले जनाएकाे छ ।
प्रकाशित मिति : शुक्रबार, असोज २३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्