संक्रमण भइ आइसोलेशन नबसे ६ महिना जेल

संक्रमण भइ आइसोलेशन नबसे ६ महिना जेल

काठमाडौं -संक्रमण भएको पुष्टि भएपछि आइसोलेशन नबसेकाहरूलाई ६ महिना जेल सजाय हुने बताइएको छ ।

पोजिटिभ आएका व्यक्ति आइसोलेशन नबसेको, बाहिर हिँडेको र अरूको सम्पर्कमा आएको भेटिएमा संक्रामक रोग ऐनअनुसार ६ महिनासम्म जेल सजाय हुने व्यवस्था रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड-१९ पोजिटिभ आएका व्यक्तिहरू आइसोलेशनमा बसेको नपाइएकोले यस्तो निर्णय लिइएको बताएका छन् ।

गृह मन्त्रालय र जिल्ला प्रसासन कार्यलयमा समेत सूचना गरिसकेको हुँदा आइसोलेशनमा नबस्ने व्यक्तिहरूलाई पक्राउ गरी सजाय दिन अनुरोध गरेको डा. जागेश्वर गौतमले बताए ।

साथै, घरपरिवार तथा छिमेकीले समेत अनुगमन गरी पत्ता लगाइ खबर गर्न अनुरोध गरिएको छ ।

पीसीआर जाँचका लागि स्वाव संकलन गराएपछि रिपोर्ट नआएसम्म अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

डा. गौतमले यस अवधिमा पोजिटिभ आएमा संक्रमण अन्य व्यक्तिमा सर्न सक्ने हुँदा सावधानी अपनाउनु पर्ने बताए ।

प्रकाशित मिति : शुक्रबार, असोज २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij