काठमाडौं – नेपालमा थप १४ जनाको कोरोना संक्रमणबाट ज्यान भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार (आज)को नियमित कोरोना ब्रिफिङ्गमार्फत् दिएका जानकारीअनुसार नेपालमा थप १४ जना कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६१४ पुगेको छ । यस्तै गत २४ घण्टामा थप ५ हजार ८ जना नयाँ संक्रमित थपिँदा १ हजार २ सय २९ जना संक्रमित देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।
यस्तै प्रवक्ता गौतमका अनुसार देशैभर सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय १८ जना छ ।
प्रकाशित मिति : शनिबार, असोज २४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्