बुटवल
नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही जिल्लाको ९१ औँ नियमित रक्तदान कार्यक्रम शनिबार बुटवलमा सम्पन्न गरेको छ । सत्य श्री साईबाबा सप्लायर्सको सहआयोजनामा तथा रक्तसंचार सेवा केन्द्र ब्लड बैक बुटवलको प्राविधिक सहयोगमा शनिबार रक्तदान भएको हो ।
कार्यक्रमको नेपाल स्वस्थ्य अनुसन्धान परिषद लुम्बिनी प्रदेशका डा प्रसान्त आचार्यले उद्घाटन गर्दै रक्तदानको महत्वबारे प्रकाश पारेका थिए । कार्यक्रमका संयोजक अर्जुन प्रसाद पौडेलले १ सय ५० जना स्वयंसेवी रक्तदाताहरु कार्यक्रममा सहभागी भएको बताए ।
हरेक १७ वर्ष पुरा गरेको स्वस्थ्य युवा रक्तदात गर्न सक्ने भन्दै उनले रक्तदानसंगै जिल्लामा सचेतना कार्यक्रमलाई जोड दिएको बताए । कार्यक्रममा मार्वल टेक्नोप्लाष्ट कम्पनीद्धारा प्रत्येक रक्तदातालाई एक थान सेनिटाईजर तथा सम्मानपत्र सौजन्य गरेको थियो ।
प्रकाशित मिति : शनिबार, असोज २४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्