काठमाडौं – आज (आइतबार) थप २ हजार ७१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा एक हजार ४१६ सहित देशभर दुई हजार ७१ संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमित थपिएका विभिन्न जिल्लामध्ये काठमाडौंका एक हजार १४५, भक्तपुरका ११० र ललितपुरका १६१ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा १२ हजार ४२७ जनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टिनमा ४ हजार ६१३ जना रहेका छन् । ३१ हजार ३१५ सक्रिय संक्रमितको उपचार चलिरहेको छ ।
आजको थप अपडेटसँगै नेपालमा कुल संक्रमित संख्या एक लाख ७ हजार ७५५ पुगेको छ । संक्रमितमध्ये ७५ हजार ८०४ जना डिस्चार्ज भइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै एक हजार ५५२ जना डिस्चार्ज भएका छन् ।
यस्तै पछिल्लाे २४ घण्टामा नेपालमा थप २२ जना संक्रमितकाे मृत्यु भएकाे छ । याे सँगै मृतक संख्या ६३६ पुगेकाे छ ।
प्रकाशित मिति : आइतबार, असोज २५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्