काठमाडौं – हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।
हाल बंगालको खाडीको पश्चिम-मध्य भागमा शक्तिशाली निम्न चापीय क्षेत्र छ । उक्त निम्न चापिय क्षेत्र अझै शक्तिशाली हुँदै पश्चिम(उत्तरपश्चिमी दिशा तर्फ सर्दै जाने देखिन्छ ।
यस्तो छ तीन दिनको पूर्वानुमान
असोज २७ गते (मंगलबार)
दिउँसो : प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राती: प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
असोज २८ गते (बुधबार)
दिउँसो : प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
राती: प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केहि भू-भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
असोज २९ गते (बिहिबार)
दिउँसो : प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका धेरैजसो भू-भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी प्रदेशमा आंशिक बदलि रहनेछ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै भू-भागका हल्का वर्षाको सम्भावना रहेको छ।
राती: प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केहि भू-भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
प्रकाशित मिति : मंगलबार, असोज २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्