यसरी जोगियो धर्मराएको मुख्यमन्त्री शाहीको पद

यसरी जोगियो धर्मराएको मुख्यमन्त्री शाहीको पद

काठमाडौं – नेकपा कर्णाली संसदीय दलका नेता एवम् मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कुर्सी अन्ततः जोखिएको छ । माधवकुमार नेपाल पक्षले साथ दिँदा उनकाे पद जाेगिएकाे हाे ।

मुख्यमन्त्री शाहीविरुद्ध आइतबार आफ्नै पार्टीका १८ सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

भोलिपल्ट मुख्यमन्त्री शाहीले आफ्नो बचाउमा एक्सन लिँदै प्रमुख सचेतक गुलावजंग शाहलाई पदमुक्त गरी सचेतक सीताकुमारी नेपालीलाई प्रमुख सचेतकमा नियुक्त गरेपछि विवाद झनै चर्किएको थियो । संसदीय दलको नेताकै हैसियतमा मुख्यमन्त्री शाही अल्पमतमा परेपछि सरकार ढल्नसक्ने अलड्कलबाजी समेत चलिरहेकाे थियाे ।

विवाद साम्य पार्न नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सक्रिय भएर लागि परेका थिए । मंगलबार बिहान पनि प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका थिए । छलफलपछि मुख्यमन्त्री शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट माधवकुमार नेपाल समूहका ७ सांसद पछाडि हटेको छ ।

मुख्यमन्त्री शाही र नेपाल पक्षका नेताहरुबीच भएको छलफलमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने गरी सहमति जुटेको हाे । दुई दिनसम्म केन्द्र र प्रदेशमा भएका विभिन्न प्रयासपछि मंगलबार नेता नेपाल पक्षका ७ जना सांसद हस्ताक्षर फिर्ता लिन सहमत भएका हुन् । माधव नेपाल समूहले मन्त्रीका लागि चन्द्र शाही, करवीर शाही र अम्मरबहादुर थापाकाे नाम समेत पठाइसकेकाे छ । मुख्यमन्त्री शाहीले सहमति बमोजिम सचेतकमा कर्मराज शाहीलाई नियुक्त गरिसकेका छन् ।

यता बालुवाटरमा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल जारी छ । तीनै जनाकाे सहमतिसँगै मुख्यमन्त्री शाहीकाे पद जाेगिएकाे छ ।

प्रकाशित मिति : मंगलबार, असोज २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij