सरकारले कोरोना बिमा गरेकाहरुको नि:शुल्क उपचार नगर्ने,, परीक्षण र उपचार शुल्क बिमा रकमबाटै काटिने

सरकारले कोरोना बिमा गरेकाहरुको नि:शुल्क उपचार नगर्ने,, परीक्षण र उपचार शुल्क बिमा रकमबाटै काटिने

काठमाडौं
कोरोना बिमा गरेका बीमितहरु संक्रमित भएमा उनीहरुको परीक्षण र उपचार शुल्क बिमा रकमबाट काटिने भएको छ। सरकारले बिमा नगरेकाहरु गरिब, जेष्ठ नागरिक, एकल महिला, असहाय, अतिअपांग, फ्रन्टलाइनमा सुरक्षाकर्मी, सफाइकर्मी र स्वास्थ्यकर्मीमा लक्षण देखिएको अवस्थामा मात्रै निस्शुल्क परीक्षण गर्ने नीति सरकारले लिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्‍वर गौतमले कोभिड(१९ को प्रयोगशाला परीक्षण निर्देशका पाँचौँ पटक परिमार्जन भएको जानकारी दिँदै बीमितको परीक्षण शुल्क बिमा रकमबाट काटिने व्यवस्था गरिएको बताए।

मन्त्रिपरिषद्को असोज १९ गते बसेको बैठकले त्यस्तो निर्णय गरेको प्रवक्ता गौतमले उल्लेख गरेका छन्।

ुअबदेखि आर्थिक रुपमा विपन्‍न, असहाय, एकल महिला, जेष्ठ नागरिक,अतिअपाङ्ग व्यक्ति, फ्रन्टलाइनमा काम गरिरहेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीलगायतका जोखिम क्षेत्रमा काम गरिरहेकालाई लक्षण वा चिन्ह देखिएमा निशुल्क परीक्षण गरिने छु, उनले भने, ुतर उल्लेखित व्यक्तिले कुनै बिमा कम्पनीबाट कोरोना बिमा गरेको भए परीक्षण शुल्क बिमा रकमबाट काटिने छ।ु

प्रकाशित मिति : बुधबार, असोज २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij