काठमाडौं – मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बैठक अपराह्न ४ बजेका लागि डाकेका हुन् ।
प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार बैठकमा सांसदहरुले पाएको दशैं भत्ताका बारेमा छलफल तथा निर्णय हुनसक्ने छ ।
सरकारले दशैं खर्चस्वरुप सांसदहरुलाई एक महिनाबापत्को रकम दिँदै आएकोमा यसपालि दिइएको खर्चको बारेमा भने चर्को आलोचना भएको छ ।
खासगरी कोरोनाकालमा सांसदहरुले भत्ता लिन नहुने भन्दै नागरिक तहबाटै आलोचना हुन थालेपछि कतिपय सांसदहरुले भत्ता फिर्तासमेत गरिसकेका छन् ।
अहिले २५ सदस्यीय मन्त्रिपरिषद् छ ।
प्रकाशित मिति : सोमबार, कार्तिक ३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्