निःशुल्क परीक्षण र उपचारको व्यवस्था गर्न माग

निःशुल्क परीक्षण र उपचारको व्यवस्था गर्न माग

बुटवल– रुपन्देही व्यापार संघले एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरस संक्रमितको परीक्षण तथा उपचार गर्ने दायित्वबाट सरकार पछि हट्ने भनि गरेको निर्णयप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
सोमवार संघका अध्यक्ष यमलाल लोहनीले जारी गरेको विज्ञप्तिमा सरकारले जनताको जिवन रक्षामा ध्यान केन्द्रीत गरी जिम्मेवार बन्नु पर्ने अवस्थामा ठिक उल्टो हात उठाएर परीक्षण र उपचारमा संलग्न नहुने घोषणा गर्न पुगेको घटनालाई सरकारको नागरिकप्रति गैर जिम्मेवार बनेको बताएको छ ।
संघले यो नीतिले कोरोनाको परीक्षण र उपचारमा प्रभाव पर्ने एवं कोरोनाले भयावह निम्त्याउने उल्लेख गर्दै सरकारलाई आफ्नो यो निर्णय तत्काल फिर्ता गरी आम नेपालीको निःशुल्क परीक्षण र उपचारको व्यवस्था गर्न जोडदार माग गरेको छ ।
विज्ञप्तिमा सरकारको पछिल्लो निर्णय कानून र सर्वोच्च अदालतको आदेश विपरीतसमेत रहेको उल्लेख गर्दै कोरोनाको महामारीका बेला जनताको उपचारमा पर्याप्त ध्यान दिन नसक्ने सरकारले सांसदहरुलाई दशै भत्ता र अन्य सुविधा दिने काम गरेकोमा आपत्ति प्रकट गरिएको छ । संघले विज्ञप्तिमार्फत उद्योगी व्यवसायीहरुबाट उठाएको राजश्वलाई राष्ट्र र जनताको हितमा लगानी गर्नुपर्ने अवस्थामा व्यक्तिगत लाभमा बाडफाड गर्ने जुन काम भएको छ त्यो तत्काल बन्द गरी दशैभत्ता खारेज गर्न समेत माग गरिएको छ ।
संघले सम्पूर्ण तहका सांसद, स्थानीय जनप्रतिनिधिले महामारीको अवधिमा तलव भत्ता नलिने घोषणा गर्न तथा स्वास्थ्य र सुरक्षावाहेकका कर्मचारीको काम घटेको अवस्थामा हाल खाइपाइ आएको तलव भत्ता कटौती गरी सर्वसाधारणको उपचारमा खर्च गर्न पनि आग्रह गरेको छ ।

 

प्रकाशित मिति : सोमबार, कार्तिक ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij