बडादसैंको चौथो दिन आज, कुष्माण्डा भगवतीको पूजा गरिँदै

बडादसैंको चौथो दिन आज, कुष्माण्डा भगवतीको पूजा गरिँदै

बडादसैंको चौथो दिन आज (मंगलबार) नब दुर्गा भवानीको चौथो शक्तिको रुपमा रहेकी कुष्माण्डा भगवतीको पूजा गरेर मनाइँदैछ ।

अस्तित्व नभएको सृष्टिविहीन अवस्थामा यी देवीको मन्द मुस्कानद्धारा ब्रम्हाण्डको उत्पत्ति भएको हुनाले यिनलाई कुष्माण्डा भन्ने गरिएको धार्मिक विश्वास छ । कुभिन्डोलाई संस्कृतमा कुष्मान्ड भनिन्छ । बलिहरुमा यि देवीलाई कुभिन्डो प्रिय हुने धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

देवीको भक्तिपूर्वक पूजाआजा गरेमा सबै रोग, दुख, कष्ट, दरिद्र जस्ता संकट निवारण भई सुख, समृद्धि, सम्पत्ति, आयु आरोग्य प्राप्त हुने जनविश्वास रहेको छ । देशभर रहेका विभिन्न मठमन्दिर र शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीहरूको भीड लाग्ने गरे पनि यस वर्ष कोरोना संक्रमणका कारण सबै मठ मन्दिर र शक्तिपीठहरु सुनसान छन् ।

विभिन्न मन्दिर तथा शक्तिपीठहरुमा आन्तरिक रुपमा पूजाआजा गर्ने गरिएको छ । यसैगरी राजधानी बाहिरका सप्तरीको छिन्नमस्ता, धरानको दन्तकाली, विराटनगरको काली मन्दिर, ताप्लेजुङको पाथीभरा, पोखराको विन्धवासिनी, डोटीको शैलेश्वरी, बाग्लुङको कालिका, गोरखाको गोरखकाली, मकवानपुरको चुरियामाई र भुटनदेवी लगायतका मन्दिर र शक्तिपीठहरूमा पूजाआजा भइरहेको बताइएको छ ।

प्रकाशित मिति : मंगलबार, कार्तिक ४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij