ब्रुनेईका राजकुमार अजिमको असामयिक निधन

ब्रुनेईका राजकुमार अजिमको असामयिक निधन

ब्रुनेई – ब्रुनईका राजकुमार हाजी अब्दुल अजिमको शनिबार असामयिक निधन भएको छ । सन् १९८२ जुलाई २९ मा राजधानी बन्दर सेरी बेगावानमा जन्मेका अजिमको ३८ वर्षको उमेरमै निधन भएको हो।

राजकुमार अजिमको मृत्युको कारणबारे शनिबार साँझसम्म दरबारद्वारा कुनै सूचना सार्वजनिक भएको छैन ।

अजिम ब्रुनेईका सुल्तान हाजी ह हसनल बोल्किआका दोस्रो सुपुत्र हुन्।

सुल्तानको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार राजकुमार अजिमको निधनप्रति शोक मनाउँदै ब्रुनेईमा सात दिनसम्म आधा झण्डा झुकाइने र कुनै पनि औपचारिक कार्यक्रम नगर्ने बताइएको छ ।

प्रकाशित मिति : शनिबार, कार्तिक ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij