JanataToday.com

Advertisment

SKIP THIS

भारतले एकलौटी रुपमा खोल्यो जोगवनी नाका

भारतले एकलौटी रुपमा खोल्यो जोगवनी नाका

विराटनगर- भारतीय पक्षले एकलौटी रुपमा सीमावर्ती जोगवनी नाका खुला गरेको छ ।

११ चैतबाट बन्द भएको सीमावर्ती नाका भारतले एकलौटी शनिबारबाट खुला गरेको हो । भारतले नाका खुला गरेपनि नेपाल तर्फको नाका भने शिल छ ।

भारतको गृह मन्त्रालयले अन्तराष्ट्रिय सीमानाका खुला गर्न औपचारिक रुपमा निर्देशन दिएपछि शनिबार खुला गरेको बताइएकाे छ । भारतले एकलौटी रुपमा नाका खोलेपछि नेपालतर्फ आउनेहरुको भिडलाई रोक्न सीमामा खटिएका सुरक्षाकर्मीलाई कठिन हुन थालेको छ ।

भारतले सीमा नाका खुला गरेपनि नेपालतर्फ भने कार्तिक ३० गते सम्म बन्द रहने मन्त्री परिषदको निर्णय छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले सरकारले नै नाका नखोल्ने भनेपछि एकतर्फी भारतले खुलाएपनि नेपाल तर्फको लगाइएको शिल यथावत रहेको बताए ।

प्रकाशित मिति : आइतबार, कार्तिक ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij