भियतनाम – मध्ये भियतनामको क्वाङनाम प्रान्तमा बिहीबार पहिरो जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको भियतनामको राज्य सञ्चालित समाचार संस्थाले समाचारमा जनाएको छ ।
नाम ट्रा जिल्लाको ट्रा भ्यान र ट्रा लेङ गाउँमा पहिरो जाँदा उनीहरूको मृत्यु भएको हो । पहिरोमा परी दर्जनौँ व्यक्तिहरू हराएको प्रारम्भिक रिपोर्टमा जनाइएको भएपनि तर केही व्यक्ति भागेर सुरक्षितस्थलमा बसेको भेटिएको उद्धारकर्मीले जनाएका छन् ।
वेपत्ता रहेका भनिएका केही मानिसको खोजी कार्य जारी रहेको छ । प्रधानमन्त्री नुयेन सुवान फुकले उद्धारकार्यलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् । विशाल आँधी मोलावीका कारण मध्य क्षेत्रमा मुसलधारे वर्षा र हुरीपछि आएको बाढीपछि उक्त क्षेत्रमा पहिरो गएको हो । (रासस/सिन्ह्वा)
प्रकाशित मिति : बिहिबार, कार्तिक १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्