बुटवल-कारोनाबाट रुपन्देहीमा थप दुइ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवलका एक जना र अर्का एक जना तिलोत्तमाका हुन । बुटवल स्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा उपचार बुटवल उपमहानगरपालिका ११ का ५२ बर्षे पुरुषको आइतबार दिउसो २ बजेपछि मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा बिष्णु गौतमले बताए । कात्तिक ६ गते संक्रमण पुष्टि भएपछि कोरोना अस्पतलमा भर्ना भएका ती पुरुषको भेन्टिलेटरको सहायताले उपचार भइरहेको थियो ।
त्यस्तै तिलोत्तमा नगरपालिका १ का ९५ बर्षीय बृद्धको पनि आज विहान मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाइ शनिबार लुम्बिनी प्रादेसिक अस्पतालको फिबर क्लिनीकमा लगीएको थियो । फिबर क्लिनीकको आइसोलेसनमा उपचारकै क्रममा ती बृद्धको मृत्यु भएको डा गौतमले जानकारी दिए । यससंगै लुम्बिनी प्रादेसिक अस्पताल र सो अस्पतालद्धारा संचालित बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु हुने संक्रमितको संख्या ६२ पुगेको छ । कोरोना अस्पतलामा हाल २८ जना कोरोना संक्रमितको उपचारत भइरहेको डा गौतमले बताए ।
प्रकाशित मिति : आइतबार, कार्तिक १६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्