रहेनन् कांग्रेस सांसद सूर्यबहादुर केसी

रहेनन् कांग्रेस सांसद सूर्यबहादुर केसी

काठमाडौं – नेपाली कांग्रेसका सांसद तथा आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । कांग्रेसबाट समानुपातिक सांसद रहेका केसीको गएराती १० बजे पोखरास्थित आफ्नै निवासमा निधन भएको हो ।

उनी लामो समययता मधुमेह र रक्तचापको समस्या झेलिरहेका थिए । राप्रपाका पूर्वकोषाध्यक्षसमेत रहेका उनी तीन वर्षअघि प्रतिनिसभा चुनावताका नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । केसी पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपञ्‍चसमेत हुन् ।

उनी पहिलो संविधानसभामा राप्रपाबाट सांसद बनेका थिए । रारा चाउचाउ, हाइड्रोलगायत विभिन्‍न व्यवसायमा उनी सफल थिए । केसी माछापुच्छ्रे बैंकका संस्थापक अध्यक्ष थिए । उनको आजै अन्त्येष्टि गर्ने तयारी छ ।

प्रकाशित मिति : मंगलबार, कार्तिक १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij