साउदीमा सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई कारबाही, सचेत हुन दूतावासको अनुरोध

साउदीमा सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई कारबाही, सचेत हुन दूतावासको अनुरोध

काठमाण्डौ – साउदीमा सामाजिक सञ्जालमा कुनै पनि पोष्ट, कमेन्ट, लाइभ वा म्यासेज पठाउँदा सचेत हुन दूतावासले अनुरोध गरेको छ ।

साउदीको स्थानीय कानुन विरुद्द हुनेगरी सामाजिक सञ्जालमा लेखेमा, कमेन्ट गरेमा वा म्यासेज पठाएमा कडा कारबाही हुने भन्दै दूतावासले साउदीमा कार्यरत सबै नेपालीलाई सचेत गराएको हो ।

दूतावासले सोमबार प्रकाशित राहदानी नविकरण सम्बन्धि सार्वजनिक सूचनामा ुलभली केटोु नाम गरेको फेसबुक आइडीबाट नेपाली महिला कामदारलाई अपमान गर्ने अभद्र शब्द प्रयोग गर्दै कमेन्ट गरेकाले त्यो कमेन्ट जतिसक्दो छिटो हटाउन र कारबाहीबाट बच्न पनि दूतावासले सूचना जारी गरेको छ ।

साउदीको स्थानीय कानुनको उल्ङघन हुनेगरी सामाजिक सञ्जालको माध्यमबाट पोष्ट, कमेन्ट, म्यासेज गर्दा कतिपय नेपालीले नै गम्भिर सजाय भोगिरहेको उल्लेख गर्दै दूतावासले साउदीको साइवर तथा अन्य कानुनको पालना गर्न अनुरोधसमेत गरेको छ ।

प्रकाशित मिति : मंगलबार, कार्तिक १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij