कांग्रेस नेता विश्वकर्माको होस खुल्यो, कोरोनाको रिपोर्ट पनि नेगेटिभ

कांग्रेस नेता विश्वकर्माको होस खुल्यो, कोरोनाको रिपोर्ट पनि नेगेटिभ

काठमाडौ
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव पूर्व बाणिज्यमन्त्री मिन विश्वकर्माको होस खुलेको छ । साथै उनको कोरोना परिक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ । नेता विश्वकर्माले इशाराले चिकित्सकहरुसंग कुरा गर्न थालेको उनका परिवारका सदस्यले बताएका छन् ।

कात्तिक १ गते ५३ वर्षीय नेता विश्वकर्मालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएको ८ दिन पूर्व बाणिज्य मन्त्री विश्वकर्मा होम आइसोलेसन बसेका थिए । होम आइसोलेसन बसेका विश्वकर्मालाई सास फेर्न असजिलो हुन थालेपछि कात्तिक ९ गते उपचारका लागि वीर अस्पताल पु¥याइएको थियो ।

तीन दिनसम्म उनी वीर अस्पतालमै उपचाररत थए । तर, उनको स्वास्थ्यमा सुधार नदेखिएपछि थप उपचारका लागि कात्तिक १२ गते उनलाई ग्राण्डी अस्पताल सारिएको थियो ।

प्रकाशित मिति : मंगलबार, कार्तिक १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij