JanataToday.com

Advertisment

SKIP THIS

कांग्रेस नेता विश्वकर्माको होस खुल्यो, कोरोनाको रिपोर्ट पनि नेगेटिभ

कांग्रेस नेता विश्वकर्माको होस खुल्यो, कोरोनाको रिपोर्ट पनि नेगेटिभ

काठमाडौ
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव पूर्व बाणिज्यमन्त्री मिन विश्वकर्माको होस खुलेको छ । साथै उनको कोरोना परिक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ । नेता विश्वकर्माले इशाराले चिकित्सकहरुसंग कुरा गर्न थालेको उनका परिवारका सदस्यले बताएका छन् ।

कात्तिक १ गते ५३ वर्षीय नेता विश्वकर्मालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएको ८ दिन पूर्व बाणिज्य मन्त्री विश्वकर्मा होम आइसोलेसन बसेका थिए । होम आइसोलेसन बसेका विश्वकर्मालाई सास फेर्न असजिलो हुन थालेपछि कात्तिक ९ गते उपचारका लागि वीर अस्पताल पु¥याइएको थियो ।

तीन दिनसम्म उनी वीर अस्पतालमै उपचाररत थए । तर, उनको स्वास्थ्यमा सुधार नदेखिएपछि थप उपचारका लागि कात्तिक १२ गते उनलाई ग्राण्डी अस्पताल सारिएको थियो ।

प्रकाशित मिति : मंगलबार, कार्तिक १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij