काठमाडौं – सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कसले माग्याे तपाईँकाे राजीनामा ?’ भन्दै प्रश्न गरेका छन् ।
प्रधानमन्त्रीले हिजो (बुधबार) त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटनका क्रममा सम्बोधन गर्दै भनेका थिए- ‘मैले राजीनामा दिनु भनेको देशलाई बर्बादितिर जान दिनु हो ।’ साथै उनले राजीनामा नदिने अडान समेत कसेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे छलफलमा प्रचण्डले प्रम ओलीसँग याे विषयमा साेधेका हुन् ।
लामाे समयकाे संवादहिनताकाे स्थितिलाई ताेड्दै ओलीलाई भेट्न प्रचण्ड बिहीबार बालुवाटार पुगेका थिए । पार्टी फुटकाे स्थितीमा पुगिरहेका बेला भएकाे छलफलमा उनीहरूबीच कुनै ठोस सहमति भने हुन सकेन ।
प्रदेश १ काे भर्चुअल बैठकबारे पनि प्रचण्डले आपत्ति जनाएका छन् । उनले यी विषयमा छलफल गर्दा पार्टीकाे बैठक बाेलाउनुपर्ने प्रचण्डकाे भनाइ छ । सचिवालय बैठक बसेर छलफल गर्नुपर्ने उनको जोड थियो ।
जवाफमा प्रधानमन्त्री ओलीले ‘तपाईंहरुले पनि यस्ता छलफल गर्नुभएकै छ’ भनेका थिए । पार्टीको बैठक बोलाउने विषयमा भने दुई अध्यक्षबीच सहमति हुन नसकेको स्रोतको दाबी छ । विना निष्कर्ष बैठक टुंगिएकाे छ ।
प्रकाशित मिति : बिहिबार, कार्तिक २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्