काेराेना सङ्क्रमितकाे निःशुल्क उपचार गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारीमा मन्त्रालय

काेराेना सङ्क्रमितकाे निःशुल्क उपचार गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारीमा मन्त्रालय

काठमाण्डौ
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमितको निःशुल्क उपचार व्यवस्थापन गर्ने विषयमा प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गरेको छ । बिहीबार सर्वोच्च अदालतले कोरोना सङ्क्रमितको निःशुल्क परीक्षण र उपचार गर्न आदेश दिएकाले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने तयारी गरिएको स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिनुभयो ।
प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य सचिव अर्यालले ‘सङ्क्रमितको निःशुल्क उपचार गर्नू’ भन्ने आदेशमा पुनरावलोकन गर्न सर्वोच्चले अस्वीकार गरेपछि मन्त्रिपरिषद्को यसअघिको निर्णय मिलाउन अर्को प्रस्ताव लैजाने तयारी गरेको बताउनुभयो ।

यसअघिको मन्त्रिपरिषद् बैठकले कोरोना सङ्क्रमित स्वयंले उपचार खर्च बेहोर्नुपर्ने निर्णय गरेकोले बैठकबाटै सच्याउनुपर्ने उहाँले बताउनुभयो । सरकारले सक्नेबाट शुल्क लिने र नसक्नेलाई कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने बताए पछि यसको चौतर्फी विरोध भइरहेको छ ।

प्रकाशित मिति : शुक्रबार, कार्तिक २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij