उखु किसानहरुले मंसिर २७ गतेदेखि आन्दोलन थाल्ने

उखु किसानहरुले मंसिर २७ गतेदेखि आन्दोलन थाल्ने

काठमाडौं ।
उखु किसानहरुले मंसिर २७ गतेदेखि आन्दोलन थाल्ने घोषणा गरेका छन् । उखु मिलहरुले गत वर्ष आफूहरुसँग किनेको उखुको बक्यौता भुक्तानीमा ढिलाइ गरेको भन्दै किसानहरुले मंसिर २७ गतेदेखि आन्दोलन सुरु गर्ने घोषणा गरेका हुन् ।

आइतबार सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले सबै बक्यौता भुक्तानी नभए आन्दोलनमा जाने बताएका छन् ।उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले किसानमाथि चरम अन्याय हुँदा पनि सरकार मुकदर्शक भएको भन्दै आन्दोलनमा जानुको विकल्प नभएको बताए ।

किसानको पसिनाको मूल्य नदिने उद्योगीहरुलाई सरकारले संरक्षण गरेको भन्दै रायले वर्षैसाल आफ्नो उत्पादनको पैसा माग्न काठमाडौंमा धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताए ।

मन्त्री भट्टले भने बन्द भएका उद्यागको जायजेथा बेचेर भएपनि किसानको रकम दिलाउने प्रतिवद्धता दोहोर्‍याए । किसानको उखु किनेर समयमै रकम भुक्तानी नगर्ने उद्योगीलाई गिरफ्तार गरिने भन्दै उनले जसरी पनि समस्या समाधान गरिने बताए ।

उनले न्याय दिलाउने भन्दै कृषकहरुलाई आन्दोलन नगर्न आग्रह गरे ।

 

प्रकाशित मिति : आइतबार, कार्तिक २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij