लुम्बिनी प्रदेशमा आइतबार थप २ सय ९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

लुम्बिनी प्रदेशमा आइतबार थप २ सय ९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

बुटवल।
लुम्बिनी प्रदेशमा आइतबार थप २ सय ९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा सबै भन्दा धेरै दाङ जिल्लाका ९८ जना, रुपन्देही जिल्लाका ६९ जना,बाँके जिल्लाका ६८ जना,पाल्पा र बर्दीयाका १३÷१३ जना,कपिलवस्तु जिल्ला र नवलपराीि पश्चिम जिल्लाका ९÷९ जना,अर्घाखाँची जिल्लाका ८ जना,रोल्पा जिल्लाका ३ जना,प्यूठान जिल्लाका २ जना र रुकुमपूर्व जिल्लाका १ जना गरी २ सय ९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै लुम्बिनी प्रदेशमा कोरोना संक्रमितको संख्या २० हजार ५ सय ४१ पुगेको छ ।

हालसम्म प्रदेशमा १७ हजार ९४ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् भने १ सय ९५ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशमा हाल २ हजार ९ सय ५१ जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।

प्रकाशित मिति : आइतबार, कार्तिक २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij