नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या दुई लाख नजिक पुगेको छ ।
मंगलबार थप २७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक लाख ९९ हजार ७६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कुल संक्रमितमध्ये सक्रिय संक्रमतकाे संख्या ३८ हजार ३५ रहेकाे छ ।
मंगलबार थप ८५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या एक लाख ६० हजार ५७७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोनाबाट ज्यान गएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ सय ४८ पुगेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, कार्तिक २५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्