बुटवलको कोरोना अस्पतालमा एकैदिन ३ जनाको मृत्यु

बुटवलको कोरोना अस्पतालमा एकैदिन ३ जनाको मृत्यु

बुटवल, कात्तिक २७ -कोरोनाबाट रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ । यो अस्पतालमा आजै बिहान २ जना संक्रमितको मृत्यु भएको थियो ।
बुटवल उपमहानगर २ का ७१ बर्षीय पुरुषको उपचारकै क्रममा बिहिबार साँझ ६ बजेतिर मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा बिष्णु गौतमले जानकारी दिए । कात्तिक २५ गते लुम्बिनी प्रादेसिक अस्पताल ल्याइएका उनको पिसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो । प्रादेसिक अस्पतालको फिबर क्लिनीकमै राखीएका ती संक्रमितलाइ आज स्वास्थ्य अवस्था गम्भिर भएपछि कोरोना अस्पताल पठाइएको थियो । कोरोना अस्पतालको आइसीयु बेड खाली नभएकाले संक्रमितलाइ फिबर क्लिनीमा राख्नु परेको अस्पतालले जनाएको छ । आज बिहान आइसीयुमा उपचारत संक्रमितको मृत्यु भएपछि खाली भएको बेडमा ती बिरामीलाइ सिफ्ट गरीएपनि साँझ पौने ६ बजे मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापाले बताए ।
आजै (बिहीबार)बिहान कोरोना विशेष अस्पतालमा थप दुइ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । रुपन्देहीको देवदह नगरपालिका ७ का ४७ बर्षीय पुरुष र अर्का एक जना गुल्मीको रेसुङ्गा नगरपालिका १ का ६८ बर्षीय पुरुषको आज बिहान उपचारकै क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा बिष्णु गौतमले बताए ।

 

प्रकाशित मिति : शुक्रबार, कार्तिक २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij