कारोना संक्रमणबाट रुपन्देहीको तिलोत्तमा १६ वर्षीय युवाको मृत्यु

कारोना संक्रमणबाट रुपन्देहीको तिलोत्तमा १६ वर्षीय युवाको मृत्यु

बुटवल – कोभिड १९ को संक्रमणबाट रुपन्देहीमा १६ वर्षीय युवाको मृत्यु भएको छ । संक्रमणका कारण दिर्घ रोगी, जेष्ठ नागरिकहरू वढि प्रभावित भइरहेको वेला १६ वर्षीय युवाको पनि ज्यान गएको हो ।

यति कम उमेरको संक्रमित मृत्यु भएको लुम्बिनी प्रदेशमा पहिलो घटना भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोलर केदारनाथ शाहले बताए । रुपन्देहीको तिलोत्तमा नगरपालिका-३ निवासी उनको भैरहवास्थित मेडिकल कलेजमा उपचारका क्रममा गएराति मृत्यु भएको हो । ज्वरो आएपछि मेडिकलमा पुगेका उनलाई टाइफाइटको आशंकामा औषधी दिइएको थियो ।

औषधी खाएर घरमै बसेका युवालाई वढि समस्या भएपछि दुई दिनअघि मात्र भैरहवास्थित मेडिकल कलेज पुर्‍याइएको थियो । त्यसपछि पीसीआर परीक्षण गर्दा शुक्रबार मात्रै रिर्पोट पोजेटिभ आएको थियो । त्यसको एकदिन पछि शनिबार उनको मृत्यु भयो । लक्षण देखिएका विरामीहरू परिक्षण गर्नुको सट्टा लक्षण अनुसारको औषधी खाएर घरमै वस्ने गरिएको छ ।

कोरोना परिक्षण नगरि वस्दा संक्रमणले निकै गालेपछि अस्पताल पु¥याउदा विरामीको मृत्यु हुने अवस्था आएको चिकित्सकहरूले नै बताएका छन् । संक्रमण भएपछि उनमा निमोनियासमेत देखिएको चिकित्सकहरूले बताएका छन् ।

अन्य कुनै दिर्घरोगहरू भने नभएको आफन्तले जनाएका छन् । केहि दिन अघि अर्घाखाचीका ३३ वर्षीय युवाको पनि बुटवलस्थित कोभिड-१९ अस्पतालममा ज्यान गएको थियो । शनिबार राति तिलोत्तमाकै ५७ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

प्रकाशित मिति : आइतबार, कार्तिक ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij