काठमाडौं -नेपालमा थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार २ सय २१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै गत २४ घण्टामा थप १ हजार ४ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ हजार ७ सय ९८ जना कोरोनामुक्त भएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो२४ घण्टामा थपिएका १ हजार ४ सय ७७ जनासहित देशभर संक्रमितको संख्या २ लाख ९ हजार ७ सय ७६ जना पुगेको छ ।
संक्रमितमध्ये १ लाख ७३ हजार ४ सय ३० जना कोरोना मुक्त भएका छन् । पछिल्लो पटक थपिएका संक्रमितमध्ये ८ सय ७ जना भने काठमाडौं उपत्यकाका रहेका छन् ।
प्रकाशित मिति : आइतबार, कार्तिक ३० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्